Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • चाक्सीबारीमा शशांक र प्रकाशमानबीच भेटवार्ता, रिसाएका सिंहलाई फकाउदै कोइरालाले भने- सरी !

    चाक्सीबारीमा शशांक र प्रकाशमानबीच भेटवार्ता, रिसाएका सिंहलाई फकाउदै कोइरालाले भने- सरी !

    अनलाइन नेपाल
  • शनिबार, ४ मंसिर २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिको दाबी गरिरहेका महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशनमान सिंहबीच भेटवार्ता भएको छ ।

    स्रोतका अनुसार शनिबार दिउँसो महामन्त्री कोइराला नेता सिंहलाई भेट्न उनको निवास चाक्सबारी पुगेका थिए ।



    भेटवार्ताको सुरुवातमै शशांकले प्रकाशमानलाई ‘सरी’ भनेको स्रोतले बताएको छ । आफ्नो यसअघिको अभिव्यक्तिबाट रिसाएको भन्दै शशांकले प्रकाशमानसँग माफी मागेका स्रोतको भनाइ छ।



    गत सोमबार सर्लाहीमा भएको कार्यकर्ता भेटघाटमा शशांकले नेता सिंहलाई काठमाडौंबाहिर धेरैले नचिन्ने टिप्पणी गरेका थिए । नेता सिंहले पनि काठमाडौंबाहिर चिन्दैन भन्नेलाई महाधिवेशनमा देखाउने जवाफ फर्काएका थिए ।

    यस्तै, दुई नेताबीच पार्टीको १४ औं महाधिवेशनमा मिलेर जाने विषयमा कुराकानी भएको स्रोतको भनाइ छ ।

    यसअघि गत बिहीबार सिंहलाई भेट्न वरिष्ठ नेता रामचन्द्र पौडेल, शुक्रबार केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार