Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकी सहायक विदेशमन्त्री लु र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेका छन्।

बुधबार नेपाल आएका लुले बिहीबार बेलुका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

त्यस्तै, उनले केही बेरअघि मात्र सिंहदरबार पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग पनि भेट गरेका थिए।

ओलीसँगको भेटमा लुले एमसीसी के हुन्छ ? भन्ने प्रश्न गरेको र जवाफमा ओलीले आफ्नो दलसँग सरकारले परामर्श नगरेको बताएका थिए।

त्यसअघि प्रधानमन्त्री देउवासँगको भेटमा पनि उनीहरुबीच दुई देशको आपसी सहयोग र एमसीसी परियोजनाको बारे छलफल भएको बताइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077