Online Nepal
  • बुधबार, १० पुष २०८१
  • दुई युवाले मेला हेर्न जाउँ भनी झुक्याएर महिलालाई बलात्कार गरे, बेहोस भएपछि हत्या पनि गरे

    दुई युवाले मेला हेर्न जाउँ भनी झुक्याएर महिलालाई बलात्कार गरे, बेहोस भएपछि हत्या पनि गरे

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 1.8K
    SHARES

    महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले अमृता सदाको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

    सार्वजनिक हुनेमा महोत्तरीको भंगहा नगरपालिका-५ सीतापुर बस्ने २४ वर्षीय विपीन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोज यादव रहेका छन्।



    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख दिनेश आचार्यका अनुसार गत १३ असोजमा झन्डा मेला हेर्न गएकी भंगहा-२ बखरी टोलकी ३५ वर्षीया सदाकाे बलात्कारपछि हत्या भएकाे प्रहरीको अनुसन्धानमा खुलेको हो।



    उनीहरूले अमृतलाई मेला हेर्न जाउँ भनी झुक्याएर साँझ ९ बजे गाउँ नजिकैको चौरीमा पुर्‍याएर पालैपालो बलात्कार गरेको र बेहोस भएपछि हत्या गरेको अभियुक्तहरूले स्वीकार गरेको प्रहरीको भनाइ छ।

    उनीहरूमाथि जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार