Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेको प्रचण्डको दाबी (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेको दाबी गरेका छन।

शुक्रबार मण्डिखाटारमा पतञ्जलि योगपीठ नेपालले गरेको पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेको दाबी गरे।

‘सुरूसुरूमा रामदेव अलि बढी रूढीवादी, परम्परावादी हुनुहुन्छ जस्तो लाग्थ्यो । तर, उहाँ वैज्ञानिक र क्रान्तिकारी हुनुहुँदो रहेछ’, सम्बोधनका क्रममा प्रचण्डले भने ।

बिहीबार काठमाडौं आएका बाबा रामदेवले बिहीबार साँझ नै प्रचण्ड निवास खुमलटार पुगेर प्रचण्डसहित पत्नी सिता दाहाललाई पनि भेटेका थिए।

हेर्नुहोस् बाबा रामदेवबारे प्रचण्डले भनेको भिडियो:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077