काठमाडौँ । आन्दोलनरत नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा दिन दिएको अल्टिमेटम आज दिउँसो ३ बजे सकिँदै छ।
गत कार्तिक १४ गतेदेखि प्रधानन्यायाधीश जबराविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएको बारले यसअघि तेस्रो चरणको आन्दोलन अन्तर्गत आज मङ्सिर ३ गते दिउँसो ३ बजेसम्म राजीनामाका लागि अल्टिमेटम दिएको थियो ।
यद्यपि तोकिएको समयभित्र राजीनामा नदिए चौथो चरणको आन्दोलन सुरु गर्ने बारको तयारी छ । चौथो चरणको आन्दोलनमा देशभरिका न्यायाधीशहरुलाई काठमाडौँ उतारेर अझै सशक्त रुपमा अघि बढाउने बारले यसअघि नै चेतावनी दिएको छ।
यता, आज शुक्रबार पनि जबराविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुले आफूहरुको धर्नालाई जारी राखेका छन् । धर्नाका क्रममा केही वकिलहरू र प्रहरीबीच घम्साघम्सी समेत भएको बताइएको छ ।
Leave a Reply