Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सर्वोच्चमा बारको धर्ना जारी, प्रधानन्यायाधीश राणाले तोके एक एकलसहित नौं संयुक्त इजलास

    सर्वोच्चमा बारको धर्ना जारी, प्रधानन्यायाधीश राणाले तोके एक एकलसहित नौं संयुक्त इजलास

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शुक्रबारका लागि दश इजलास तोकेका छन् ।

    सर्वोच्च अदालत परिसरमा आफूविरुद्ध आन्दोलन भइरहँदा प्रधानन्यायाधीश जबराले आजका लागि एउटा एकलसहित नौ संयुक्त इजलास तोकेका हुन् ।



    यस्तै, आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।



    न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र हरिप्रसाद फुयाल, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मी, डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल, वमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाका लागि प्रधानन्यायाधीश जबराले संयुक्त तोकेका छन् ।

    साथै न्यायाधीश नहकुल सुवेदीका लागि एकल इजलास तोकिएको छ ।

    प्रधानन्यायाधीश राणा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार