Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सर्वोच्चमा आज पनि कानून व्यवसायीहरु र प्रहरीबीच घम्साघम्सी, केही घाइते

    सर्वोच्चमा आज पनि कानून व्यवसायीहरु र प्रहरीबीच घम्साघम्सी, केही घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 840
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालत परिसरमा कानून व्यवसायीहरु र प्रहरीबीच घम्साघम्सी भएको छ ।

    नियमित रुपमा कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेर आन्दोलित वकिलहरुलाई प्रवेशमा रोक लगाउँदा दुई पक्षबीच घम्साघम्सी भएको हो ।



    स्रोतका अनुसार दुई पक्षबीच भएको घम्साघम्सीमा परी केही प्रदर्शनकारीहरु घाइते भएका छन् ।



    आन्दोलित कानून व्यवसायीहरूले आफूहरू शान्तिपूर्ण धर्ना दिने बताए पनि सुरक्षाकर्मीले उनीहरूलाई रोक्दै आएको छ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै दिनहुँ प्रदर्शन गर्दै आएका छन् । यद्यपि जबराले भने राजिनामा नदिने अडान कायम राखेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार