Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बारभित्रका वकिललाई कुट्न चोलेन्द्रका भाईले खटाएका दुई गुण्डा पक्राउ

काठमाडौं। नेपाल बार एसोसियसनको परिसरभित्र पसेर कानुन व्यवसायीलाई धम्काउने दुई जना पक्राउ परेका छन्।

बार एसोसिएसनमा गएर आन्दोलनरत कानुन व्यवसायीलाई धम्काएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बौद्धका तीर्थ ढकाल र मुलपानीका सीताराम श्रेष्ठ रहेका छन्। अन्य दुई फरार छन्। बौद्धबाट राति पक्राउ परेका दुबैलाई टेकुस्थित थुनामा राखेर अनुसन्धान जारी राखिएको काठमाडौं प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए ।

उनीहरुलाई परिचालन गर्ने गिरोहको बारेमा  प्रहरीले अनुसन्धान गरिरहेका छ । बार परिसरभित्र छिरेका उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान भन्दै धम्की दिएका थिए ।  उनीहरु मध्धे एकले त आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर पिट्ने धम्कीसमेत दिएका थिए ।

अपशब्द बोल्दै उनीहरूले वकिलहरुलाई धम्की दिएपछि उनीहरु बाहिरिएका थिए ।

कानून व्यवसायीहरुले भने  उनीहरु प्रधानन्यायधीश चाेलेन्द्रशमशेर जबराका भाई प्रभुशमशेर राणाले खटाएका  ‘भिजिलान्ते’ भएको दाबी गरेका छन्।

पक्राउ परेका गुण्डालाई प्रभुशमशेर राणाले पैसा दिएर खटाएको स्रोतको भनाइ छ।

प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुको आन्दोलन जारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077