Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • कमला नदीमा धामी–झाँक्रीसहितको ‘भुत मेला’

    कमला नदीमा धामी–झाँक्रीसहितको ‘भुत मेला’

    अनलाइन नेपाल
  • शुक्रबार, ३ मंसिर २०७८
  • 1.1K
    SHARES

    जनकपुरधाम । धनुषाको पूर्वी सिमानामा पर्ने कमला नदीमा बिहीबारदेखि धामी–झाँक्रीसहितको भूत मेला सुरु भएको छ ।

    प्रदेश २ को धनुषा र सिरहा जिल्ला छुट्याउने कमला नदीको किनारमा प्रत्येक वर्ष कार्तिक पूर्णिमामा अनौठो तथा भूत मेला लाग्ने गर्छ ।



    धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगरसहित विभिन्न स्थानबाट ठूलो संख्यामा सर्वसाधारण कमला नदीमा स्नान गर्न आउने गरेका छन् ।



    कार्तिक पुर्णिमाको अवसरमा धनुषाको बरेर्वा घाट, मल्हनिया घाट, इनर्वा घाटसहित कमला नदीको किनारमा मेलाको आयोजना समेत गरिएको स्थानीयहरु बताउँछन् ।

    कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ बिहीबारदेखि नै भक्तजनको भीड लागेको छ ।

    ठूलो संख्यामा मानिस बिहीबार बिहानैदेखि कमला नदीको तटमा पुगेका छन् ।

    विभिन्न गाउँ तथा भारतबाट मेलामा सहभागी हुनका लागि कमला नदीमा श्रद्धालुको भीड लागेको देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार