Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रोल्पामा बस दुर्घटना : ४ जनाको मृत्यु, ११ घाइते

रोल्पा । रोल्पामा यात्रुवाहक बस दुर्घटना भएको छ। उक्त दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

प्रहरीका अनुसार दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो। चार जनाको घटनास्थलमै मृत्यु भएको हो।

बस शहिदमार्गअन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिएका छन्। बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077