Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य प्रमुख विशेषज्ञमा यादव, टिंकरी र लोहनीलाई बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२औं तह (प्रमुख विशेषज्ञ)मा तीन जना चिकित्सकलाई बढुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले बढुवा सिफारिसको पहिलो नम्बरमा परेका बाँके भेरी अस्पतालका डा. श्यामसुन्दर यादव, दोस्रो नम्बरमा परेका व्यवस्थापन महाशाखाका निर्देशक डा भिमसिंह टिंकरी र पाँचौ नम्बरमा रहेका मन्त्रालयको नीति योजना तथा अनुमगन महाशाखा प्रमुख गुणराज लोहनीलाई बढुवा गरेकाे हाे।

गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको थियाे।

उनीहरुसंगै बढुवाको तेस्रो नम्बरमा परेका पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा श्रीकृष्ण श्रेष्ठ, चौंथो नम्बरमा प्रसूति गृहकी निर्देशक डा संगिता मिश्रको भने बढुवा हुन सकेन।

मन्त्रिपरिषदले पाँचजनामध्ये तीन जनालाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेकाे हाे।  १२औं तहका रिक्त तीन वटा पदका लागि २१ जनाले निवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077