Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • फुलकोर्ट: यसअघि बहिष्कार गरेका १८ न्यायाधीशहरु पनि उपस्थित

    फुलकोर्ट: यसअघि बहिष्कार गरेका १८ न्यायाधीशहरु पनि उपस्थित

    अनलाइन नेपाल
  • बिहिबार, २ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) सुरु भएको छ।

    सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले फुल कोर्टबाट पेशी व्यवस्थापनसम्बन्धी अदालत नियमावलीको नियम संशोधन गर्ने तयारीका लागि न्यायाधीशहरुको छलफल सुरु गरेका हुन्।



    यसअघि प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर गोला प्रथाबाट पेशी तोक्न मिल्ने गरी नियमावली संशोधनका लागि फुल कोर्ट बस्ने तयारी भएको थियो।



    स्रोतका अनुसार आजको फुलकोर्टमा यसअघि बहिष्कार गरेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सहभागी भएका छन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार