Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • सर्वोच्चमा 'एसएलआर'सहितको प्रहरी उपस्थिति:

    चोलेन्द्रले हत्या गर्न खोजेको अर्यालको आरोप

    चोलेन्द्रले हत्या गर्न खोजेको अर्यालको आरोप

    अनलाइन नेपाल
  • बिहिबार, २ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडाैं । अधिवक्ता ओम प्रकाश अर्यालले कानुन व्यवसायीहरुको शान्तिपूर्ण प्रदर्शनमा एसएलआर भिरेका प्रहरी परिचालन गरिएकोमा आक्रोश ब्यक्त गरेका छन्।

    बिहीबार बिहान सर्वोच्च अदालत परिसरमा आन्दोलनरत नेपाल बार एशोसिएशनको प्रदर्शनमा एसएलआरसहितका प्रहरीहरुको उपस्थिति रहेको थियो । एसएलआरसहितको प्रहरी उपस्थितिबारे उनले आक्रोश पोखे।



    अदालतमा एसएलआर किन ल्याइन्छ ? के हाम्रो हत्या गर्न एसएलआर ल्याइएको हो ?’, उनले आक्रोश पोखे, ‘चोलेन्द्रले हाम्रो हत्या गर्न खोजेको हो ? त्यसो हो भने म पहिलो सहिद बन्न तयार छु । तर न्यायपालिका बचाउनुपर्छ ।’



    आफूहरुलाई धम्क्याउनकै लागि एसएलआर भिरेका प्रहरी परिचालन गरिएको भन्दै त्यस्ता धम्कीले कुनै काम नगर्ने उनले बताए ।  न्यायालय बचाउनका लागि आफू मर्न पनि तयार रहेको उनको भनाइ छ।

    प्रहरीभित्र नै घातक हतियार मानिने एसएलआर कानून व्यवसायीको प्रदर्शनमा पहिलोपटक देखिएको हो।

    धर्नाका क्रममा केहीबेर प्रहरी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच घम्साघम्सी समेत थियो । घम्साघम्सीपछि बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित थुप्रै कानुन व्यवसायीहरु घाइते भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार