Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सर्वोच्चमा कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी: घाइते श्रेष्ठलाई पनि अस्पताल लगियो

    सर्वोच्चमा कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी: घाइते श्रेष्ठलाई पनि अस्पताल लगियो

    अनलाइन नेपाल
  • बिहिबार, २ मंसिर २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको प्रदर्शनका क्रममा प्रहरीसँगको घम्साघम्सीबाट घाइते भएका नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई उपचारको लागि अस्पताल लगिएको छ ।

    सर्वोच्च अदालत परिसर स्रोतका अनुसार अध्यक्ष श्रेष्ठलाई थापाथलिस्थित अन्नपुर्ण न्युरो अस्पतालमा लगिएको हो । उनलाई छाति र देब्रे खुट्टामा चोट लागेको बताइएको छ।



    प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक्न भन्दै वकिलहरुले मुख्य गेटसहित अन्य दुई बैकल्पिक गेटमा धर्ना दिन खोज्दा प्रहरीले बल प्रयोग गरेर रोक्न खोजेको हो ।



    प्रहरीको हातपातपछि सर्वोच्च परिसरमा अहिले तनापूर्ण स्थिति देखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार