Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • चोलेन्द्र डुब्न लागेका घाम हुन्, आन्दोलनको ‘फूल पिक्चर’ बाँकी नै छ: सर्वोच्च बार अध्यक्ष शाक्य

    चोलेन्द्र डुब्न लागेका घाम हुन्, आन्दोलनको ‘फूल पिक्चर’ बाँकी नै छ: सर्वोच्च बार अध्यक्ष शाक्य

    अनलाइन नेपाल
  • बिहिबार, २ मंसिर २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘अस्ताउँदै गरेको घाम’को संज्ञा दिएका छन्।

    बिहीबार सर्वोच्च अदालत परिसरमा भएको कानुन व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमनको भत्सर्ना समेत गरे।



    अध्यक्ष शाक्यले विभिन्‍न बहानामा प्रधानन्यायाधीश जबरालाई मान्यता दिने काम भए स्वीकार्य नहुने भन्दै प्रधानन्यायाधीश संलग्‍न सबै इजलास बारले बाहिष्कार गर्ने बताए।



    यस्तै, उनले आफूहरुको आन्दोलन ‘ट्रेलर’ मात्रै भएको बताउँदै ‘फूल पिक्चर’ बाँकी रहेको दाबी समेत गरे।

    बिहीबार बिहान सर्वोच्चको गेटमा धर्ना दिन लाग्दा वकिलहरुमाथि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीको बल प्रयोगपछि नेपाल बारका कार्यसमिति सदस्य प्रकाश महर्जनलाई अस्पताल लगिएको छ।

    यसैगरी, प्रहरीको बल प्रयोगबाट बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठसहित अन्य थुप्रै कानुन व्यवसायीहरु पनि घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार