Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, असन्तुष्ट न्यायाधीशहरु पनि सहभागी हुने

    प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट, असन्तुष्ट न्यायाधीशहरु पनि सहभागी हुने

    अनलाइन नेपाल
  • बिहिबार, २ मंसिर २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् ।

    सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश जबराले बिहीबार दिउँसो साढे एक बजेका लागि बैठक बोलाएका हुन्।



    बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूचि रहेको छ ।



    स्रोतका अनुसार आजको फुलकोर्टमा यसअघि बहिष्कार गरेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सहभागी हुने छन।

    प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार