Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

१० हजारभन्दा बढी मधेशीलाई सम्बोधन गर्दै प्रचण्डले भने- केपी ओली मधेशका 'भिलेन' हुन्

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मधेशको भिलेन भएको बताएका छन्।

बुधबार जिल्लाको रामगोपालपुरमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेशका मुद्दाहरुमा केपी ओलीले नै कुठाराघात गरेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफू प्रधानमन्त्री हुँदा मधेशका मुद्दालाई केन्द्रीत गर्दै दुईपटक संसदमा संविधान संशोधन गर्न प्रस्ताव लैजाँदा ओलीले नै रोकेको दाबी गरे ।

कार्यक्रमा प्रचण्डले जनयुद्धदेखि जनआन्दोलनमा समेत माओवादीले मधेशका मुद्दालाई मुख्य प्राथमिकतामा राखेको बताए । `माओवादी मधेशको साथी नभएको र माओवादीले मधेसी जनतालाई कुठाराघात गरेको भनेर बदनाम गर्न अर्बौ खर्चेर मधेशमा परिचालन गरेको थियो,' प्रचण्डले भने।

माओवादी मधेसी जनताको सच्चा साथी भएको प्रमाणित गर्न आफू सिरहाबाट चुनाव लडेको  उनको भनाइ छ । पछिल्लो समय मधेसी जनताले माओवादीलाई बुझ्दै गएको हुनाले आगामी चुनावमा माओवादी केन्द्र प्रदेशकै पहिलो पाटी बन्ने  प्रचण्डले दाबी गरे।

कार्यक्रममा झण्डै १०  हजारको संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077