Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • इजलास बसेका पाँच न्यायाधीशहरुले भने- चोलेन्द्रविरुद्धको आन्दोलनमा हामी एकमत छौं

    इजलास बसेका पाँच न्यायाधीशहरुले भने- चोलेन्द्रविरुद्धको आन्दोलनमा हामी एकमत छौं

    अनलाइन नेपाल
  • बुधबार, १ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा उभिएका भनिएका सर्वोच्च अदालतका पाँच न्यायाधीशहरुले आफूहरु अन्य न्यायाधीशहरुसँगै रहेको बताएका छन् ।

    बुधबार अपरान्ह नेपाल बार र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुसँगको भेटमा पाँच न्यायाधीशहरुले नागरिकलाई न्यायसेवा प्रदान गर्ने क्रममा अनिर्णयका कारण आफूहरु चिन्तित भएको बताए । तर, अन्य बिषयहरुमा भने आफुहरु एकमत रहेको प्रष्ट पारेको बारका सचिव लिलामणि पौडलले बताए।



    सोमबार तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडालले न्यायाधीशहरुको छलफलबाट अलग भएको बताएका थिए । उनीहरु मंगलबारदेखि इजलसमा पनि बसेका छन्, तर निवेदन फिर्तालगायतका सामान्य खालका मुद्दाहरु मात्र हेरेका छन् ।



    प्रधानन्यायाधीश जबरामाथि कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै आन्दोलनरत बारले उनको राजीनामा माग्दै दिनहुँ प्रदर्शन गर्दै आएको छ ।

    गत कार्तिक १४ गतेदेखि निरन्तर आन्दोलनमा रहेको बारले शुक्रबारदेखि नै प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक्ने उद्देश्यले गेटमै धर्ना दिँदै आएको छ।  तर उनी प्रत्येक दिन चोरबाटो हुँदै कार्यकक्ष प्रवेश गर्ने गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार