Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

देउवा प्रचण्डको कारिन्दा भए: ओली

बाँके । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंगो नेपाली कांग्रेस नै  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को बाटोमा हिँडेको आरोप लगाएका छन्।

बुधबार जिल्ला सदरमुकाम नेपालगञ्जमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेस प्रधानमन्त्रीका लागि चार-चारवटा वैशाखी टेकेर सत्तामा अडेको बताए।

कार्यक्रमा अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका लागि प्रचण्डको कारिन्दा भएको आरोप समेत लगाए । सत्ता गठबन्धनको साँठगाँठमाथि प्रश्न उठाउदै उनले एमालेसँग लड्नकै लागि भएपनि गठबन्धन आगामी चुनावसम्म कायम राख्न चुनौती दिए । उनले भने,' गठबन्धन आगामी चुनावसम्म कायम राख्नुहोस्, तपाईहरूसँग एमालेसँग एक्लै लड्ने दम छैन ।’

ओलीले अब बाँके जिल्ला एमालेको लालकिल्ला भएको बताए । ‘बाँके जिल्ला अब एमालेको लालकिल्ला भइसक्यो । अहिलेसम्म कस्ले चुनाव जित्छ भन्ने कुरो चुनाव पछि मात्र टुंगो लाग्थ्यो भने बाँकेमा भने पहिले नै टुंगो लागिसक्यो’, उनले भने, ‘चुनाव अगाडि नै एमालेले बाँके जितिसक्यो ।’

कार्यक्रममा नेपालगञ्जका व्यवसायी तथा बाँकेका पूर्वजिविस सभापति पशुपतिदयाल मिश्र, अब्दुल करिम खानलगायत एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077