काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एशोसिएसनलाई जबरालाई पदबाट हटाउन सुझाव दिएका छन्।
अध्यक्ष थापाले प्रधानन्यायाधीश जबरालाई हटाउने एकमात्र वैधानिक बाटो महाभियोग भएको र महाभियोग दलले मात्र लगाउने बताएका छन्। त्यसका लागि आन्दोलनरत समूहले अदालत अगाडि नभई पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्ने उनको तर्क छ।
बुधबार दिउँसो समझिक संजाल ट्वीटरमार्फत अध्यक्ष थापाले अधिकांश वकिलहरु दलसँग आबद्ध रहेको र बारको चुनाव पनि दलगत आधारमा हुने उल्लेख गरेका छन्।
उनले लेखेका छन्, 'प्रधानन्यायधीश विरुद्ध आन्दोलन गरिरहेका अधिवक्ताहरुलाई थाहा छ प्रन्या हटाउने एकमात्र वैधानिक बाटो महाभियोग हो। महाभियोग लगाउने दलले हो।अधिकांश वकिलहरु दलसँग आबद्ध छन् । बारको चुनाव दलगत आधारमा हुन्छ।त्यसैले प्रन्या हटाउने हो भने अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्छ।'