Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • प्रधानन्याधीशले फुलकोर्ट नराखे प्रशासनको सहयोग लिने न्यायाधीशहरुको चेतावनी

    प्रधानन्याधीशले फुलकोर्ट नराखे प्रशासनको सहयोग लिने न्यायाधीशहरुको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, १ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबराले फुलकोर्ट नराखे प्रशासनको सहयोग लिने चेतावनी दिएका छन्।

    बुधबार सर्वोच्च परिसरमा उनीहरुले फुलकोर्टका लागि प्रधानन्यायाधीशलाई आग्रह गर्ने निर्णय र यदी जबराले सो आग्रहलाई इन्कार गरेमा प्रशासनको सहयोग लिने बताएका हुन्।



    पछिल्लो समय न्यायपालिका शुद्धीकरणका लागि भन्दै सर्वोच्चका न्यायाधीशहरु, नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसनलगायत आन्दोलनमा होमिएका छन् ।



    उनीहरुले आन्दोलनमार्फत प्रधानन्यायाधीशको राजिनामा माग गर्दै दिनहुँ सर्वोच्च परिसरमा प्रदर्शन समेत गरेका छन। तर प्रधानन्यायाधीशले राजीनामा नदिएपछि जनताका मुद्दा हेर्न नभ्याइएको भन्दै फुलकोर्टबाट नियमावली संशोधन गरी इजलासमा बस्ने न्यायाधीशहरुको तयारी छ ।

    सोमबार मात्रै असन्तुष्ट समूहमा रहेका पाँच न्यायाधीशले सर्वोच्चको पूर्ण बैठक बाहेक अन्य विषयमा छलफलका लागि अन्य न्यायाधीश वा बार एशोसिएसन लगायतका टोलीसँग छलफलमा नबस्ने घोषणा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार