Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानन्यायाधीश विवादबारे प्रचण्डले मुख खोले- सर्वोच्चभित्रको समस्या सर्वोच्चबाटै समाधान हुनुपर्छ

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले न्यायालयको समस्या न्यायालयबाटै समाधान हुनुपर्ने बताएका छन्।

बुधबार जनकपुर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको समस्या अदालतभित्रबाटै समाधान हुनुपर्ने बताएका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले मंगलबार सांझ बसेको पाँच दलीय गठबन्धन समन्वयन समितिको बैठकले पनि प्रधानन्यायाधीशविरुद्ध भइरहेको आन्दोलन कानुन व्यवसायीहरुले नै समाधान गर्नुपर्ने मनसाय राखेको बताए।

अध्यक्ष प्रचण्ड बुधबार महोत्तरीको रामगोपालपुर नगरपालिकामा नवनिर्मित स्वास्थ्य संस्था उद्घाटनको लागि जनकपुर आएका थिए। उनी आउने भएपछि
स्वागतको लागि गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएको छ।

[insert page='97919' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077