Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • बेथितिको हद : प्रचण्डका नाममा सार्वजनिक बिदा

    बेथितिको हद : प्रचण्डका नाममा सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • बुधबार, १ मंसिर २०७८
  • 1.3K
    SHARES

    महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ। महोत्तरी जिल्लामा स्वास्थ्य संस्था उद्घाटनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएपछि सार्वजनिक बिदा दिइएको हो।

    नगरपालिकाले प्रचण्ड उद्घाटनमा आउने जानकारी दिँदै आज बुधवार १ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ। नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरु वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ को उद्घाटनका लागि प्रचण्ड महोत्तरी आउने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ।



    प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम बुधबार दिउँसो १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको सूचनामा उल्लेख छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार