बुटवल । राजस्व अनुसन्धान विभागले नक्कली अन्तः शुल्क स्टीकर टाँसी राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्धा दायर गरेको छ।
मंगलबार विभागले उनीहरुविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेको हो।
मुद्दा खेप्नेमा अधिकांश रक्सी उत्पादक कम्पनी (डिस्टिलरी) र बोटलर्स कम्पनी सञ्चालक छन् ।
उनीहरूविरुद्ध पाँच करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी भएको विभागले जानकारी दिएको छ ।
Leave a Reply