Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसी पास गराएरै छाड्ने अमेरिकी रणनीति, फातिमापछि विदेशमन्त्रीलाई पनि नेपाल पठायो

काठमाडौँ । दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लू नेपाल आउने भएका छन् । अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार विदेशमन्त्री डोनल्ड भोलि (बुधबार) नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

उनी प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरूलाई भेटेर अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे स्पष्ट पार्न नेपाल आउन लागेको स्रोतले बताएको छ।

उनी नेपाल भ्रमणमा आउनुअघि अमेरिकी राष्ट्रपति जो बाइडनसँग कुराकानी गरेको र त्यसबेला एमसीसीको विषय समेत उठेको स्रोतको दाबी छ।

तर यता नेपालमा भने केही दल र समूहले एमसीसी सम्झौताको समर्थन गरे पनि थुप्रै संघसंस्थादेखि लिएर दल र समूहले चर्को विरोध गर्दै आएका छन् । यस बिरोधबारे  गत सेप्टेम्बरमा एमसीसी मुख्यालयले एमसीसी कम्प्याक्ट नेपालको संविधाभन्दामाथि नरहेको उल्लेख भने गरेको थियो।

यसबारे नेपालको धारणा बुझ्न गत सेप्टेम्बरमा नेपाल आएकी एमसीसीकी उपाध्यक्ष फातिमा सुमारसँगको भेटवार्तामा सत्ता गठबन्धनका केही नेताहरूले राष्ट्रिय सहमति निर्माण गरी उक्त अनुदान सम्झौता अनुमोदन गर्ने बताएका थिए।

पछिल्लो समय अन्यौल बन्दै गएको एमसीसीबारे यथाशीघ्र निर्णय लिन अमेरिकी अधिकारीहरूले ध्यानाकर्षण गराउँदै आए पनि प्रमुख दलहरूबीच उक्त सम्झौताको अनुमोदनबारे मतभेद कायम रहेको छ।

यता, ग्लास्गोबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री देउवा एमसीसी पारित गराउने भनेर आफू र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसीलाई पत्राचार गरेको बताएका थिए।

तर, प्रचण्डले पत्र पठाइएको भए पनि आफू एमसीसी पारित गर्न तयार भएको नलेखेको स्पष्टीकरण दिएका थिए । उनले आफूहरू दुई जनाले एमसीसी पारित गर्न "राष्ट्रिय सहमति" गर्नुपर्छभन्दै पत्र पठाएको बताएका थिए।

यसैगरी,सत्तामा रहँदा एमसीसी सम्झौताको अनुमोदनको पक्षमा उभिएको बताउने गरेको नेकपा एमालेले सत्तारूढ दलको निर्णयपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077