Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • प्रधानन्यायाधीश राणाले तोके १० इजलासमा २७९ मुद्दाको पेसी, सुनुवाइ होला त ?

    प्रधानन्यायाधीश राणाले तोके १० इजलासमा २७९ मुद्दाको पेसी, सुनुवाइ होला त ?

    अनलाइन नेपाल
  • मंगलबार, ३० कार्तिक २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार १० इजलास गठन गरेका छन् ।

    मंगलबार पनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनको आन्दोलनका कारण प्रधानन्यायाधीश जबराले आफ्नै सरकारी निवासबाट १० इजलास गठन गरेका हुन् ।



    उनले १० इजलासमा २७९ मुद्दाको पेसी तोकेका छन् ।



    गत कार्तिक १४ गतेदेखि निरन्तर आन्दोलनमा रहेको बारले शुक्रबारदेखि नै प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक्ने उद्देश्यले गेटमै बारले धर्ना दिँदै आएको थियो।

    यद्यपि बारको धर्नालाई छलेर शुक्रबार, आइतबार र सोमबार प्रधानन्यायाधीश जबरा चोरबाटोमार्फत कार्यकक्षमा प्रवेश गरेका थिए।

    कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाएर बार र सहकर्मी न्यायाधीश उनको राजिनामा माग्दै आन्दोलनमा उत्रिएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार