Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मदिरा सेवनपछि विवाद : भाइले गरे दाइको हत्या

इलाम । मदिरा सेवनपछि विवाद हुँदा इलाममा भाइले दाइको हत्या गरेका छन्। इलामको सन्दकपुर गाउँपालिका–१ चापगैरीमा यस्तो घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार भाइ चक्र मुखियाले चक्कु प्रहार गरेर दाजु इच्छा मुखियाको हत्या गरेका हुन्। घटना सोमबार साँझ पौने ६ बजे भएको हो।

प्रहरीका अनुसार उनीहरुले काका मानबहादुर मुखियाको घरमा बसेर मदिरा सेवन गरेका थिए। छलफलका क्रममा विवाद हुँदा भाइले दाजुलाई चक्कु प्रहार गरेको बताइएको छ। प्रहरीलाई चक्रलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077