Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • ईपीएस परीक्षा पुष १ गतेदेखि हुने

    ईपीएस परीक्षा पुष १ गतेदेखि हुने

    अनलाइन नेपाल
  • सोमबार, २९ कार्तिक २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा पुस १ गतेदेखि हुने भएको छ ।

    विशेष कम्प्युटर प्रणालीबाट नै परीक्षा हुने वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले जनाएको छ । वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे दक्षिण कोरियाको मानव संसाधन विभागसँग सहमति भएसँगै पुस १ देखि ७ गतेसम्म भाषा परीक्षा सञ्चालन गर्न लागिएको ईपीएस शाखा कार्यालयका निर्देशक सुरेश रावतले जानकारी दिए ।



    कोरोना महामारीले कोरिया पठाउने प्रक्रिया अवरुद्ध रहेकोमा अहिले उक्त प्रक्रिया सुरु भएको उनले बताए । उनले २०१७–देखि १९ सम्म भाषा परीक्षा उर्तिण गरेर बसेकाहरुलाई पनि डिसेम्वरदेखि कोरिया पठाउने प्रक्रिया सुरु हुने बताए।



    दक्षिण कोरियाले सन् २००८ देखि कोटा छुट्ट्याएर नेपाली कामदार लैजाँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार