Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आँट नभएकाहरु ढोका बाहिर रोइरहे छन्, आँट हुनेहरु नयाँ पार्टीमार्फत् अघि बढ्छन्: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका १० जना नेताहरुको आँट नभएको बताएका छन् ।

सोमबार पार्टी निकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले विवादको समयमा आफ्नो पक्षमा रहेका तर, नयाँ पार्टी गठनको बेला एमालेमै फर्किएका नेताहरुलाई लक्षित टिप्पणी गर्दै यस्तो बताएका हुन्।

कार्यक्रममा अध्यक्ष नेपालले अन्तरपार्टी संघर्ष गर्न सक्ने अवस्था नै नभएकाले आफुहरुले विद्रोह गरेर अघि बढेको बताए ।

कतिपयलाई किन विद्रोह गरेको त्यही बसेर अन्तरसंघर्ष गरेका भए हुँदैन थियो भने लागिरहेको हुनसक्ने भन्दै एमालेमा स्पेश नै नभएकाले एमालेलाई टाटा बाइबाई गर्नुपरेको उनको भनाइ छ ।

‘जब स्पेश हुन्छ, त्यहाँ अन्तरपार्टी संघर्ष चल्छ, जहाँ ढोका बन्द गरिन्छ, ढोका बन्द गरेको मात्रै होइन, छिर्न नै दिइँदैन, छिरिसकेपछि निस्सासिने अवस्था आउँछ, निस्सासिएपछि विद्रोह हुन्छ’, नेपालले भने।

कार्यक्रमा उनले आफुले आँट गरेर विद्रोह गरेपनि केही नेताहरु आँट नभएकै कारण एमालेको ढोकामा रोएर कराएर बसिरहेको बताए । ‘आँट नभएकाहरु ढोका बाहिर रोएर कराएर बसिरहेका हुन्छन् । आँट हुनेहरु नयाँ संरचना बनाएर अघि बढ्छन्', नेपालले भने।

तत्कालीन एमाले विवादका बेला पार्टी उपाध्यक्ष भीम रावलसहित नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाललगायतका नेताहरु नेपाल पक्षमा खुलेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077