Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • नेबिसंघका नेताको पहलमा बाढी र पहिरो पीडितलाई राहत बितरण

    नेबिसंघका नेताको पहलमा बाढी र पहिरो पीडितलाई राहत बितरण

    अनलाइन नेपाल
  • सोमबार, २९ कार्तिक २०७८
  • 1.9K
    SHARES

    डोटी। नेपाल बिद्यार्थी संघका निबर्तमान केन्द्रिय उपाध्यक्ष तथा कांग्रेस महाधिबेशन प्रतिनिधी पुष्प कुमार शाहीको पहलमा डोटीमा बाढी तथा पहिरो पीडितलाई राहत बितरण गरिएको छ।

    असोज ३१ गतेदेखि मंसिर ३ गतेसम्म सुदूरपश्चिमका विभिन्न जिल्लामा अबिरल बर्षाका कारण बाढी र पहिरोबाट धनजनको ठूलो क्षती भएको थियो। त्यस अन्तर्गत डोटीको जोरायलमा मृत्युबरण गरेका  शेरबहादुर कामी,मोहन कामी,पुष्कर कामी र पबित्रा कामीका आफन्त हेम कामीलाई राहत स्वरुप प्रति ब्यक्ति दश हजारका दरले चालिस हजार रकम बितरण गरिएको छ ।



    त्यस्तै मृतक रबिन कामीका आफन्त अम्मरे कामीलाई दश हजार , मृतक जोगी सार्की र झुप्री सार्कीका आफन्त पुर्णे सार्कीलाई दश हजारका दरले बीस  हजार राहत स्वरुप जम्मा ७० हजार बितरण गरिएको नेबिसंघ नेता शाहीले जानकारी दिए।



    यस कार्यमा सहयोग पुर्याउने एनआरएनएका  यूबा नेता अस्ट्रेलियाबाट स्वतन्त्र प्रताप शाह र नेपाली कांग्रेस जनसम्पर्क समिती डेनमार्कका उपसभापति नील कुमार थापालाई नेबिसंघ नेता शाहीले हार्दिक आभारसहित धन्यवाद व्यक्त गरेका छन्।

    बांकी मृतकका परिवारलाई पनि केही दिनभित्र केही दिन भित्र राहतस्वरुप नगद हस्तान्तरण गरिने कांग्रेस युवा नेता शाहीले वताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार