Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • आन्दोलनरत कानुन व्यवसायीहरुलाई वार्तामा आउन प्रधानन्यायाधीशको आह्वान

    आन्दोलनरत कानुन व्यवसायीहरुलाई वार्तामा आउन प्रधानन्यायाधीशको आह्वान

    अनलाइन नेपाल
  • सोमबार, २९ कार्तिक २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । वैकल्पिक गेट (चोरबाटो)बाट कार्यकक्ष छिरेका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले आन्दोलनरत कानुन व्यवसायीहरुलाई वार्तामा आउन आह्वान गरेका छन् ।

    प्रधानन्यायाधीश जबराले भर्खरै मात्र एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत कानुन व्यवसायीहरुलाई आन्दोलन छाडेर वार्तामा आउन आह्वान गरेका हुन् ।





    मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।

    तर, जबराले भने आफूले राजीनामा नदिने अडान कायम राखेका छन् । उनीमाथि आन्दोलनरत कानुन व्यवसायीहरुले न्यायालमा बिचौलियाको प्रयोग गरेर लाखौं रकम कमिशन लिएको समेत आरोप लगाउदै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार