Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • कालीगण्डकीमा स्नान गर्ने भक्तजनको घुइँचो

    कालीगण्डकीमा स्नान गर्ने भक्तजनको घुइँचो

    अनलाइन नेपाल
  • सोमबार, २९ कार्तिक २०७८
  • 2K
    SHARES

    पर्वत । हरिबोधनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्न हजारौँको सङ्ख्यामा भक्तजनको भीड लागेको छ ।

    मोदीखोला र कालीगण्डकी नदीको सङ्गममा पर्ने पर्वतको मोदीवेणी धाम, जैमिनी घाट, विश्वकै ठूलो शालिग्राम शिला रहेको दक्षिण पर्वतको शालिग्रामस्थित सेतीवेणी, गोपाङघाट, पुर्तिघाट, जैमिनीघाटलगायतका स्थानमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।



    स्नान गर्नका लागि पर्वतका साथै बागलुङ, स्याङ्जा, गुल्मी, पाल्पा र भैरहवा तथा भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु झक्तजन आएका छन् । उक्त स्थानमा मेलासमेत लागेको छ ।



    कालीगण्डकीमा स्नान गरी भगवान् विष्णुको अवतार मानिने शालग्रामको पूजा गरेमा पुण्य प्राप्त हुने विश्वासमा झक्तजन निराहार व्रतबसी स्नान गर्ने चलन छ । हरिशयनी एकादशीदेखि चौमास व्रत बसेकाले पनि आज कालीगण्डकी नदीका विभिन्न स्थानमा तोरन टाँग्ने प्रचलन छ ।

    कालीगण्डकीमा तोरन टाँग्नका लागि विभिन्न जिल्लाबाट बाजागाजा र भजनकीर्तनसहित हजाराँै दर्शनार्थीको भीड लागेको मोदीवेणीधाम व्यवस्थापन समितिका सदस्य युवनाथ रेग्मीले जानकारी दिए ।

    यसैबीच जिल्ला सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी दिव्यधाममा आज विशेष मेला लागेको छ । दिव्यधाममा रहेका १०८ तुलसीको विवाह गर्ने कालीगण्डकीको जलाभिषेक गर्ने कार्यक्रम, कालीगण्डकीका तोरण टाँग्ने र चौमास व्रत बसेकाको व्रत समापन गर्न विभिन्न जिल्लाबाट भक्तजनको भीड लागेको मोदीवेणी धाम व्यवस्थापन समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार