काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका कारण यतिखेर सिँगो न्याय क्षेत्र नै बिबादित बनेको छ। मन्त्रिपरिषद् सदस्यको भागबण्डा तथा विवादित फैसलामा मुछिएपछि राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसियसनले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।
राणाले सिंगो न्यायपालिकाको गरिमा नै समाप्त पारेको भन्दै सर्वोच्चकै न्यायाधीशहरुले इजलास बहिस्कार गरेर राजीनामा माग गरिरहेका छन्। तर, प्रधान्यायाधीश राणाले राजीनामा नदिने अडान राख्दै आफ्ना भाइ प्रभुशमशेरमार्फत उल्टै बारको आन्दोलन भाँड्न भिजिलान्तेहरु प्रयोग गरेका छन् । उनले बिभिन्न मुद्दामा गरेका चलखेलका विवरणहरु मिडियाहरुमा छताछुल्ल हुन थालेका छन्।
राणा २०७५ पुसमा प्रधानन्यायाधीश भएपछि गरिएका विवादित फैसलामध्येक ट्रेडमार्क सम्बन्धी आदेश पनि एक हो । नेपालमा ट्रेडमार्क चोरी गर्ने प्रवृत्तिले विदेशी लगानीकर्ताहरुसमेत हैरान भएको बेला एउटा गिरोहले राणालाई प्रभावमा पारेको थियो। ट्रेडमार्क चोरी गर्ने गिरोहका मुख्य नाइके मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयल र उनका भाइ श्रवण गोयललाई प्रभुशमशेरले दाजुसम्म पुर्याएर ठुलो आर्थिक चलखेल गरेको एक व्यवसायी नै दाबी गर्छन्।
गोयल ललिता निवासको जग्गा गैरकानुनी रुपमा दर्ता गर्नेमध्येका एक मुख्य आरोपी पनि हुन् । चावहिलको धोवीखोलाले चर्चेको र हाल नदीले बहाव छाडेको गोपीकृष्ण हलनजिकको १० आना सरकारी जग्गा पनि कैलाशचन्द्र गोयलले प्रभुशमशेरमार्फत चोलेन्द्रशमशेरलाई घुस खुवाएर ब्यक्तिको हो भन्ने आदेश गराएको जानकार स्रोत वताउँछ। उक्त जग्गा आफ्नो नाममा ल्याई बिक्री गरिसकेका छन् ।
मालपोत कार्यालय चावहिलको भवननजिककै टहरा बनेको नदीले बहाव परिवर्तन गर्दा खाली रहेको सरकारी जग्गा जग्गा गोयलले गैरकानुनी रुपमा दर्ता गरेका थिए । जुन जग्गालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीश भएपछि उनकै नाममा दर्ता गर्न आदेश दिइसकेका छन् । दर्ता गर्न आलटाल गरेपछि प्रधानन्यायाधीश राणाकै दबाबमा फैसला कार्यान्वयन निर्देशनालयबाट पटक पटक ताकेता गरेपछि दर्ता गर्नुपरेको मालपोत कार्यालय चावहिलकै कर्मचारीहरुको गुनासो छ।
कैलाश गोयलले प्रधानन्यायाधीश राणाका भाइ प्रभुशमशेरमार्फत अदालतसम्म सेटिङ गरी सक्कली उद्योगीका विपक्षमा फैसला गराउँदै आएका छन् । गोयलले प्रभुशमशेरकै आडमा विदेशी कम्पनी नेपालमा लगानी गर्न आएपछि मुद्दा हालेर दुःख दिने गरेका छन् ।
गोयलले ‘कान्साई नेरोलेक पेन्टस्’ को ट्रेडमार्कमा गरेको चलखेलले पनि नेपालको अदालतमा उनको पहुँचलाई प्रष्ट पारेको छ । कान्साई नेरोलेक कम्पनीका प्रतिनिधिले आफ्नो ट्रेडमार्क चोरी गर्ने गोयलमाथि अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेका थिए । तर, उक्त मुद्दामा ट्रेडमार्क चोरी गर्ने गोयललाई अदालतको अवहेलनामा कानुन बमोजिम कारबाही गर्नुको साटो उल्टै कान्साई नेरोलेकका प्रतिनिधिलाई तारिखमा ठिंग्याएर दुःख दिने काम भयो ।
झन्डै एक सय वर्ष पुरानो र ६० देशमा साझेदारीमा सञ्चालन रहेको बहुराष्ट्रिय कम्पनी कन्साईले नेपालमा ८ बर्षअघि उत्पादन सुरु गरेको हो । गोयलले चोरी गरेको तर कन्साईको विश्वभर परिचित आफ्नै आधिकारिक ट्रेडमार्कविरुद्ध अहिले २० वटा उत्पादनमा मुद्दा हालिएको छ ।
४० करोड रुपैयाँ विदेशी लगानी लिएर नेपाल भित्रिएको कन्साई पेन्ट्सको ट्रेडमार्क गोयलले चोरी गरिदिएपछि जापानी ब्राण्ड अहिले पनि मुद्दामै छ । १० बर्षसम्म पनि मुद्दामै अल्झिनुपरेपछि विदेशी लगानीकर्तामा कस्तो प्रभाव पर्ला रु यो मर्म अदालतले समेत बुझ्न सकेको छैन । प्रधानन्यायाधीश राणाको कार्यकालमा त झन् ट्रेडमार्क चोरीमा संलग्न गोयलको हौसला झन् बढेको छ । ट्रेडमार्क चोरी गर्ने गिरोहका कैलाश गोयलको पहुँच यति छ कि उनी हरेक न्यायाधीशको घरमा तरकारी, फलफूल बोकेर पुग्ने गरेका छन् । कतिपय न्यायाधीशको घरमा रङ लगाइदिने काम समेत गरिदिन्छन् । उनको काम नै चर्चित विदेशी वा स्वदेशी ब्रान्डको ट्रेडमार्क चोरी गरी दर्ता गर्ने र पछि उक्त कम्पनीले उद्योग संचालन गरिसकेपछि मुद्दा हाल्ने, ठूलो रकम बार्गेनिङ गर्ने हुँदैआएको छ ।
गोयलको उद्योग विभागदेखि सर्वोच्च अदालतका न्यायाधीशसम्म सेटिङ छ । गोयलको सेटिङका कारण सक्कली ट्रेडमार्कको हकदार कन्साईले उद्योग विभागमा मुद्दा हा-यो । कन्साईले उच्च अदालतबाट पनि मुद्दा हारेको थियो । सबै ठाउँबाट मुद्दा हार्दै सर्वोच्चमा पुगेको कन्साइको पुरानो मुद्दाको फैसला हुन नपाउँदै, गोयलको रुक्मिणी केमिकल्सले कन्साई विरुद्ध फेरि २० वटा उत्पादनमा ट्रेडमार्क दावी विरोधको मुद्दा हालेर हैरानी दिएको छ । यसरी गोयलले विदेशी लगानीकर्तालाई हतोत्साही बनाउन उद्योग विभागदेखि न्यायालयसम्म नै सेटिङ गरेका छन् ।
चोलेन्द्रशमशेरका भाइ प्रभुशमशेर राणासँग उनको आइपेक्स मलमा दैनिकजसो उठबस रहँदैआएको छ । उनको काम नै उद्योग विभागका भ्रष्ट कर्मचारीसँग सेटिङ गरी विदेशी कम्पनीको ट्रेडमार्क चोरी गरी दर्ता गर्ने हो ।अदालतमा ट्रेडमार्कको मुद्दाका बिचौलिया गोयलको सेटिङमा मात्र मुद्दा फैसला हुँदैआएका छन् ।
यी त केही उदाहरण मात्र हुन्, नेपालमा ट्रेडमार्क चोरीका । ट्रेडमार्क चोरी गर्नेहरुलाई राज्यले कारबाही गर्ने होइन, न्यायालयले उनीहरुकै पक्षमा फैसला गरेका कारण नेपालमा लगानी गर्न आउने बहुराष्ट्रिय कम्पनीहरू निरुत्साहित हुँदैआएका छन् ।
Leave a Reply