Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आन्तरिक उडानको भाडा बढ्यो, कहाँको कति ? (सूचीसहित)

काठमाडौं । आन्तरिक हवाई उडानको भाडा बढेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि आन्तरिक हवाई उडानको भाडा बढाइएको हो।

वायु सेवा कम्पनीले फ्युज सरचार्ज बढाएपछि भाडा बढेको हो। भोलि सोमबारदेखि लागू हुने नयाँ शूल्कअनुसार धनगढीको भाडा सबैभन्दा धेरै दुई सय २० रुपैयाँले बढेको छ भने सबैभन्दा कम डोटी–साफेबगरको भाडा २० रुपैयाँले बढेको छ।

त्यस्तै भद्रपुरको १५०, विराटनगरको १२०, जनकपुरको ६५, भरतपुरको ५५, पोखराको ८० रुपैया वृद्धि भएको छ । भैरहवाको १०५, नेपालगञ्जको १६०, तुम्लिडटारको ९० र सिमराको ४५ रुपैया वृद्धि भएको छ।

वायु सेवा सञ्चालक सङ्घका अनुसार निगमले हवाई इन्धनको पाँच रुपैयाँ बढाएपछि सरचार्ज वृद्धि भएको हो। बढेको सरचार्ज भोलिदेखि लागू हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लालले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077