Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • विदेशबाट पार्सल आएको छ भन्दै अनलाइनमार्फत् लाखौं ठगी गर्ने युवक पक्राउ

    विदेशबाट पार्सल आएको छ भन्दै अनलाइनमार्फत् लाखौं ठगी गर्ने युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले अनलाइनमार्फत् लाखौं ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा रुकुम जिल्ला रन्मामैमकोट गापा-३ घर भइ हाल काठमाडौँ नेपालटार बस्ने २३ बर्षीय विकाश गुरुङ रहेका छन् । गुरुङलाई शुक्रबार महाशाखाबाट खटिएको प्रहरीको टोलीले काठमाडौँकै गैरीधाराबाट पक्राउ गरेको हो ।



    महाशाखाक एसपी कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ परेका विकासले सामाजिक संजाल ‘व्हाट्स एप’को प्रयोगमार्फत् विभिन्न व्यक्तिहरुलाई चिठ्ठा परेको छ, विदेशबाट सामान/ पार्सल आएको छ र सो सामान भुक्तानीका लागि कर तिर्नुपर्ने भन्दै रकमको माग गर्दै ठगी गर्ने गरेका थिए।



    उनले उक्त ठगीको रक विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाई पैसा असुल्ने गरेको प्रहरीको अनुसन्धानमा खुल्न आएको एसपी कोइरालाले बताए ।

    पक्राउ परेका गुरुङको साथबाट प्रहरीले  उन्नाईस लाख साठ्ठी हजार समेत बरामद गरेको जनाएको छ।

    उनलाई थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर टेकु पठाइएको एसपी कोइरालाले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार