Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • विवादित प्रधानन्यायधीशले राजीनामा देऊ भन्दै तनहुँ अदालतमा बारको प्रदर्शन

    विवादित प्रधानन्यायधीशले राजीनामा देऊ भन्दै तनहुँ अदालतमा बारको प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 1.3K
    SHARES

    तनहुँ । नेपाल बार एशोसिएशन तनहुँका पदाधिकारीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकाे राजीनामा माग्दै जिल्ला अदालत तनहुँको मुल गेटमा धर्ना दिएका छन् ।

    बारका पदाधिकारी तथा अधिवक्ताले हातमा कोलोपट्टी बाँधेर न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायधीशले राजीनामा देऊ भन्दै अदालत अगाडि एक घण्टा धर्ना दिएका हुन् ।



    नेपाल बार एसाेसिएसनले आइतबारबाट आन्दोलनलाई देशव्यापी बनाउँदै जाने निर्णयअनुसार आफूहरूले पनि धर्ना दिएको कानुन व्यवसायीहरुले बताएका छन्।



    बार एसोसिएसन तनहुँका अध्यक्ष भानुभक्त सुवेदीको नेतृत्वमा आयोजित धर्ना कार्यक्रममा डिएलका पूर्वकेन्द्रीय अध्यक्ष यदुनाथ खनाल, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेलगायतले विवादित प्रधानन्यायधीशले राजीनामा दिनुपर्ने माग गरेका थिए ।

    यस्तै, आइतबार जिल्ला अदालत कैलाली, जिल्ला अदालत गोरखा र उच्च अदालत जनकपुरलगायतका अदालतहरुमा प्रधानन्यायाधीश जबराको राजिनामा माग्दै प्रदर्शन भएका छन्।

    बारले गत कात्तिक पहिलो सातदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार