Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

डिस्चार्ज भए प्रचण्ड, उपचारमा संलग्न चिकित्सकहरुले के भने ?

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्किएका छन् ।

पछिल्लो समय राजनीतिक दौडधूपमा रहेका उनी शरीरमा रक्तचाप बढेपछि स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना भएका थिए ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार चिकित्सकले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् ।

अध्यक्ष दाहाल डोल्पा, भोजपुरलगायतको कार्यक्रमपछि अस्वस्थ भएका थिए जसका कारण महोत्तरीलगायतका जिल्लाहरुमा आयोजना गरिएका कार्यक्रमहरु स्थगित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077