Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सत्तारुढ विद्यार्थी संगठनले गर्यो मूल्यवृद्धिको विरोधमा ग्याससहित प्रदर्शन

काठमाडौं । सत्तारुढ दल निकटका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा ग्याससहित प्रदर्शन गरेका छन् ।

आइतबार भृकुटीमण्डपको रत्नराज्य क्याम्पस बाहिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका पार्टी निकट विद्यार्थी संगठनले ग्याससहित प्रदर्शन गरेका हुन् ।

संयुक्त विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि फिर्ता लिनुपर्ने, आयल निगका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई बर्खास्त गर्नुपर्ने लगायतका माग राखेका छन् ।

गत बुधबार रातिबाट लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ३ रुपैयाँ र खान पकाउने ग्यासमा प्रति सिलिण्डर ७५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो।

यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको  थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077