धनगढी । नेपाल बार एशोसिएशन कैलालीका पदाधिकारीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकाे राजीनामा माग्दै जिल्ला अदालत कैलालीको मुल गेटमा धर्ना दिएका छन् ।
बारका पदाधिकारी तथा अधिवक्ताले हातमा कोलोपट्टी बाँधेर अदालत अगाडि एक घण्टा धर्ना दिएका हुन् ।
नेपाल बार एसाेसिएसनले आइतबारबाट आन्दोलनलाई देशव्यापी बनाउँदै जाने निर्णयअनुसार आफूहरूले पनि धर्ना दिएको कानुन व्यवसायीहरुले बताएका छन्।
बारले गत कात्तिक पहिलो सातदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।
प्रधानन्यायाधीश जबरामाथि विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा भाग खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको तथा बचौलियासँग साँठगाँठ गरेको लगायतका आरोप लागेको छ।
Leave a Reply