Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • चोरबाटो प्रयोग गर्ने प्रधानन्यायाधीशसँग कुनै वैधता छैन, आन्दोलन जारी रहन्छ: सर्वोच्च बार अध्यक्ष शाक्य

    चोरबाटो प्रयोग गर्ने प्रधानन्यायाधीशसँग कुनै वैधता छैन, आन्दोलन जारी रहन्छ: सर्वोच्च बार अध्यक्ष शाक्य

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । सर्वोच्च अदालत बार एसाेसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई जारी राख्ने बताएका छन्।

    आइतबार सर्वोच्च अदालत परिसरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष शाक्यली आफूहरु जुनसुकै अवस्था आएपनि आन्दोलनबाट पछि नहट्ने बताए ।



    अध्यक्ष शाक्यले प्रधानन्यायाधीश राणा चोरबाटोबाट सर्वोच्च छिर्ने गरेकोले उनको वैधतामाथि प्रश्न समेत उठाए । उनले बारले मूल गेटमा धर्ना दिने भन्नुको अर्थ अर्को बाटोबाट प्रधानन्यायाधीशलाई प्रवेश दिने भन्ने नरहेको उल्लेख गरे।



    ‘उहाँले चोर बाटोबाट प्रवेश गर्नुभएको हो। यसको कुनै वैधता छैन,’ शाक्यले भने, ‘हामीले पनि हप्तादेखि काम गर्न पाएका छैनौँ । हामी भोकभोकै मर्न तयार छौँ । तर,आन्दोलन जारी रहन्छ।’

    बारले गत कात्तिक पहिलो सातदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । जबरामाथि विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा भाग खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको तथा बचौलियासँग साँठगाँठ गरेको लगायतका आरोप लागेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार