काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा प्रदर्शन गर्दै सडकमा निस्किएका मध्ये ५० जना जातिलाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार नेपाल बार एशोसिएशनको आह्वानमा कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा धर्ना दिएका थिए । तर, मोटरसाइकलमा आएका युवाहरुको समूहले प्रधानन्यायाधीश जबराको समर्थनमा प्रदर्शन गर्दै बाझाबाझ गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस क्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो । सो क्रममा एक प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् ।
यसैबीच आन्दोलनरत न्य्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र जबराले ‘भिजिलान्तेहरुको प्रयोग गरेर प्रतिकार समूह बनाएको आरोप लगाएका छन् ।
आइतबार प्रदर्शनपछिको विरोधसभालाई सम्बोधन गर्दै उनीहरुले भ्रष्टाचार गरेको रकम प्रयोग गरेर जबराले कानुन व्यवसायीको आन्दोलनलाई दबाउन खोजेको बताएका छन।
मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । तर प्रधान्यायाधीश जबराले राजीनामा नदिने अडान राख्दै आएका छन् ।
Leave a Reply