Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • आज पनि ‘चोरबाटो’मार्फत् नै सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा

    आज पनि ‘चोरबाटो’मार्फत् नै सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आजपनि अर्कै चोरबाटो प्रयोग गरेर अदालत प्रवेश गरेका छन् ।

    आइतबार पनि आफूविरुद्ध नेपाल बार एसोसिएसनले अदालत प्रवेशमा रोक लगाएपछि प्रधानन्यायाधीश जबरा चोरबाटोमार्फत् सर्वोच्च प्रवेश गरेका हुन्।



    कानुन व्यवसायीले सर्वोच्च प्रवेश गर्ने मुल ढोका र महान्यायाधिवक्ता कार्यालय अघिका दुईवटा गेटमा धर्ना दिएपछि जबरा तेस्रो गेटबाट प्रवेश गरेका हुन् । यसअघि गत शुक्रबार पनि जबरा सर्वोच्चको दोस्रो गेटबाट प्रवेश गरेका थिए।



    अदालत छिर्न सर्वोच्च अदालतअघि दुईवटा, नेपाल बार एसोसिएसन कार्यालय छेउमा अर्को, महान्यायाधिशवक्ता कार्यालयभित्रबाट छिर्ने अर्को सानो ढोका र सिंहरदरवार भित्र रहेको अदालतको एनेक्स भवनमा अर्को गेट छ ।

    जबरा अघिल्ला ढोका बन्द भएपछि एनेक्स भवनपट्टीको गेटबाट अदालत प्रवेश गरेका हुन् ।

    यसअघि जबराले आफ्नो निवासबाटै मुद्दाको पेसी तोकेका थिए । जसमा जबराले आफूबाहेकका १० वटा इजलास गठन गरेका छन् ।

    उनले एउटा एकल र नौवटा संयुक्त इजलासका लागि २७२ मुद्दाको पेसी तोकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार