Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टी निकट पत्रकारहरुलाई माधव नेपालले भने- रक्सी पिएर आर्थिक प्रलोभनमा नपर्नू

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीनिकट पत्रकारहरूलाई रक्सी नखान आग्रह गरेका छन्।

शनिबार समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पत्रकारहरूलाई रक्सी नखान आग्रह गरेका हुन्।

'पाँच तारे होटल धाइधाई, कसैलाई नखाई निद्रै नलाग्ने बानी पक्कै छैन होला', अध्यक्ष नेपालले भने, 'यो कुरा थाहा पाए भने म राम्रो मान्ने छैन ।'

अध्यक्ष नेपालले रक्सीले कसैलाई पनि फाइदा नगर्ने भन्दै आर्थिक प्रलोभनमा नपर्न समेत आग्रह गरे।

‘म सुझाव दिन्छु, रक्सीले मान्छेको स्वास्थ्य खतम पार्छ । आयु घटाउँछ । रोग निम्त्याउँछ, रोगी बनाउँछ’, रक्सी पिउन छाड्नुस।'

अध्यक्ष नेपालले समाजवादी प्रेस संगठन नेपालको अध्यक्षतामा शम्भु श्रेष्ठलाई चयन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077