Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • चोलेन्द्रका यी चर्चित काण्ड : जघन्य हत्याका दोषीदेखि बलात्कार आरोपीलाई सफाइ, भाइमार्फत हुन्छ सेटिङ

    चोलेन्द्रका यी चर्चित काण्ड : जघन्य हत्याका दोषीदेखि बलात्कार आरोपीलाई सफाइ, भाइमार्फत हुन्छ सेटिङ

    अनलाइन नेपाल
  • शनिबार, २७ कार्तिक २०७८
  • 2.9K
    SHARES

    काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा यतिखेर सर्वाधिक बिबादको घेरामा छन्। राणाले सिंगो न्यायपालिकाको गरिमा नै समाप्त पारेको भन्दै यतिखेर सर्वोच्चकै न्यायाधीशहरुले इजलास बहिस्कार गरेर राजीनामा माग गरिरहेका छन्।

    नेपाल बार एशोसिएसनले पनि देशव्यापी रुपमा बिरोध जनाउँदै आन्दोलन गरिरहेको छ। तर, राणा राजीनामा नदिकन उल्टै प्रतिकारको रणनीति बनाइरहेको बिभिन्न घटनाक्रमहरुले नै देखाएको छ। राणा बिचौलियाको नाइके रहेको र भाई प्रभुशमशेरमार्फत बिदेशमा अकुत सम्पत्ति थोपरेको भन्दै बरिष्ठ अधिवक्ताहरुले  नै राणा र परिवारको सम्पत्ति छानविनको माग गरेका छन् ।



    तासलाई बुद्धिको खेल भन्ने,  भ्रष्टाचारका मुद्दालाई सफाइ दिने, बीरगंजको सार्वजनिक छपकैया पोखरी नातेदारको नाममा दर्ता गर्न आदेश दिने, क्यासिनोलाई अन्तरिम आदेशका भरमा संचालन गर्न दिनेदेखि एनसेलको पूँजीगत लाभकर तिराउँदा राज्यलाई हानी पुर्याउने गरी आर्थिक चलखेल गरेर राणा बिबादमा तानिएका थिए।पछिल्लो समय उनले बिभिन्न मुद्दामा गरेका चलखेलका विवरणहरु मिडियाहरुमा छताछुल्ल हुन थालेका छन्।



    रन्जन कोइराला जस्ता श्रीमतीको जघन्य हत्या गरी सबका टुक्रा टुक्रा पारी जंगलमा फाल्ने अपराधीको १२ बर्ष कैद मिनाहा गरेका राणा बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सफाइ दिएको प्रकरणमा पनि मुछिएका छन् ।

    गिरीलाई सफाइ दिने सुनसरी जिल्ला अदालतका तत्कालीन न्यायाधीश अर्जुन कोइराला विवादमा परेका थिए । तर, सिद्धबाबालाई सफाइ दिनका लागि  प्रधानन्यायाधीश  राणाले उनलाई निर्देशन दिएको खुलासा भएको छ ।

    सिद्धबाबाले माथि नै सेटिङ गरेको र निर्देशनका आधारमा कोइरालाले उनलाई २०७७ मंसिर २२ मा सफाइ दिएको जानकार स्रोतको दाबी छ।  बिचौलियामार्फत् ठूलै आर्थिक लेनदेन भएपछि सिद्धबाबालाई सफाइ दिनका लागि कोइरालालाई निर्देशन दिइएको थियो ।  सिद्धबाबालाई सफाइ दिएबापत कोइराला उच्च अदालतको न्यायाधीशमा बढुवा भएको स्रोतको दाबी छ । उनलाई २०७७ फागुन २८ को न्यायपरिषदको बैठकले उच्च अदालतको न्यायाधीश नियुक्ति गरेको थियो ।

    सिद्धबाबालाई बलात्कार आरोपबाट सफाइ दिनका लागि ६ करोड घुस कारोबार भएको अहिले पनि न्याय क्षेत्रमा चर्चा छ ।  रन्जन कोइराला र सिद्धबाबाको सफाइमा पहिला लेनदेन टुंगिएपछि मात्र आदेश दिइएको स्रोतको दाबी छ।

    इजलासमा प्रतिवादीतर्फका वकिलहरूको मात्रै बहस गराएर फैसला आएपछि विवाद सुरु भएको थियो । त्यसो त सिद्धबाबालाई सफाइ दिने फैसलाको चर्को बिरोध भएको थियो । कोइराला मात्र होइन, हरेक जिल्ला वा उच्च अदालतमा परेका आर्थिक सरोकारका र गम्भीर मुद्दामा प्रधानन्यायाधीशका भाइ प्रभुशमशेरले सेटिङ गर्ने र दाजु मार्फत् दबाब दिएर जिताउने हराउने तय हुने गरेको छ ।

    भाइले ‘सेन्टर कलेक्सन’ गरी प्रधानन्यायाधीशको दबाबमा फैसला गर्नुपर्ने तर बदनाम न्यायाधीश हुने भएकाले पनि चोलेन्द्रशमशेरलाई न्यायपालिकाको नेतृत्वबाट बहिर्गमन गराउन तल्ला अदालतमा पनि इजलास बहिस्कार गर्नुपर्ने बहस सुरु भएको छ ।

    सिद्धबाबालाई सफाइ दिने विवादित कोइरालालाई उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दा न्यायपरिषद सदस्य तथा सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले नोट अफ डिसेन्ट नै लेखेका थिए । कार्कीले लिखितरूपमै छुट्टै राय राखेका थिए ।

    तर, प्रधानन्यायाधीश राणाले उनको असहमतिलाई सुनेको नसुन्यै गरी कोइरालाको बढुवा गरेका थिए । कोइराला राम्रो छविका न्यायाधीश नै होइनन् । उनी उच्च अदालतको न्यायाधीशका लागि योग्य नै नभए पनि सिद्धबाबालाई सफाइ दिने निर्देशन मानेकाले उनलाई उच्च अदालतमा नियुक्ति गरिएको थियो ।

    न्यायाधीश कोइरालाले सिद्धबाबा बिरूद्धको बलात्कार मुद्दामा अनियमितता गरेको भन्ने उजुरी २०७७ मंसिर २६ मा न्यायपरिषदमा परेको थियो । तर उक्त उजुरीको टुंगो नै नलागी उनलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गरिएको थियो ।

    जिल्ला अदालत ललितपुरमा रहँदा ९२ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा पुर्याएको एउटा मुद्दा मिलापत्रमार्फत् टुंग्याएको र त्यसमा न्यायाधीश कोइरालाले अनियमितता गरेको उजुरी परिषदमा परेको थियो । सोही उजुरीमाथि असार १० गते परिषदले कोइरालालाई आगामी दिनमा न्यायिक काम गर्दा थप सावधानी र क्रियाशीलता देखाउन भन्दै उजुरी तामेलीमा राखेको थियो । तर, प्रधानन्यायाधीश राणाले उनलाई उच्च अदालतको न्यायाधीशमा नियुक्ति गरी पुरस्कृत गरेर सबैलाई चुनौती दिए।

    त्यस्तै,अर्बौ ठगीका नाइके सुधिर बस्नेतलाई जोगाएर करोडौ लाभ लिन  प्रभुशमशेर सक्रिय हुँदै आएका छन् ।  बस्नेतको कम्पनी ओरेन्टल विल्डर्स डेभलपर्स प्रालिले ऋण तिर्न नसकेपछि एनआईसी एशिया बैंकले २०७० सालदेखि आफ्नो नाममा ल्याएको धापासीस्थित जग्गामा प्रभुशमशेरले ठूलो चलखेल गरेका हुन।

    प्रभुशमशेरकै योजनामा मुद्दामा बार्गेनिङका लागि पटक-पटक पेशी सारिएको बैंक स्रोतले वताएको छ। प्रभुशमशेरले दुबै पक्षसँग उक्त जग्गामा बिना लगानी आफुले २० करोड रकम पाउनुपर्ने सर्त राखेको स्रोतको दाबी छ।

    एनआईसी एशिया बैंकले सकारेको उक्त जग्गामा जग्गा दलाल तथा ग्राण्डी अस्पतालका सन्चालक दिपक कुँवरको पनि इन्ट्री भएको छ।

    कुँवरले उक्त जग्गा हात पार्नका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामार्फत चलखेल गरेको वैँक स्रोत वताउँछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार