काभ्रेपलान्चोक । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दुवै एउटै भएको बताएका छन्। उनले दुवैले डेमोक्रेसी ढाल्न खोजेको आरोप समेत लगाए।
शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले अमेरिकामा सिस्टमले डेमोक्रेसी बचाएको, तर नेपालमा सिस्टम नहुँदा लड्नुपरेको बताए ।
कार्यक्रममा सापकोटाले ओलीको नाम नलिई दुई पटकको संसद विघटनलाई लोकतान्त्रिक प्रणाली भत्काउन खोजेको प्रयासका रूपमा अर्थ्याएका थिए ।
यसमा उनले ट्रम्पको उदाहरण दिँदै भने, ‘ट्रम्पको पालामा अमेरिकाको डेमोक्रेसी डिलबाट ढल्न लागिसकेको थियो । तर सिस्टमले बचायो’, तर हामीसँग सिस्टम छैन । सिस्टम बनाउने क्रममा छौं ।’
सभामुख सापकोटाले संसद पुनर्स्थापनापछि पनि काम गर्ने वातावरण नपाएको गुनासो गर्दै भने, ‘मैले रचनात्मक प्रदर्शन गर्न सकेको छैन । वातावरण पाएको छैन’, उनले भने, ‘कति हुन्छ समन्वयात्मक भूमिका खेल्छु ।’
Leave a Reply