Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर द्वारिकलालले गरे एमाले छाड्ने संकेत, माधव नेपालसहितका नेताहरुलाई घरमै बोलाएर गरे भव्य पार्टी

सुनसरी । इटहरीका मेयर द्वारिकलाल चौधरीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई लन्च पार्टी दिएका छन् ।

नेकपा एमाले सुनसरीको नेतृत्वकाबारे असन्तुष्ट रहेका चौधरीले शुक्रबार नेकपा (एस)का अध्यक्ष नेपाल, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलगायतका नेतालाई घरमै डाकेर भोज खुवाएका हुन् ।

स्रोतका अनुसार मेयर चौधरीले आफ्नो इटहरी लबिपुरस्थित घरमा खसीको मासु, लोकल कुखुराको मासु र माछाका विभिन्न परिकारले सत्कार गरेका हुन् ।

मेयर चौधरीले दुई दिनअघि मात्र एमाले जिल्ला कमिटी सुनसरीको बैठक विधि, पद्धतिअनुसार नचलेको भन्दै अध्यक्षको माइक खोसेका थिए ।

चौधरीले एमालेमा आफू असन्तुष्ट रहेको सन्देश दिनका लागि आजको पार्टी आयोजना गरिएको उनी निकट स्रोतको भनाइ छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077