Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • भ्रष्ट प्रधानन्यायाधीशका लागि गणतन्त्र ल्याएका होइनौं: अधिवक्ता थापा

    भ्रष्ट प्रधानन्यायाधीशका लागि गणतन्त्र ल्याएका होइनौं: अधिवक्ता थापा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 996
    SHARES

    फाइल फोटो

    काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पैसाको आडमा न्यायको बन्ध्याकरण गरेको आरोप लगाएका छन् ।

    शुक्रबार सर्वोच्च अदालत परिसरमा विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता थापाले जबराको प्रधानन्यायाधीशबाट बहिर्गमन निश्चित भएको बताए।



    अधिवक्ता थापाले प्रधानन्यायाधीश राणालाई भ्रष्टचारीको आरोप समेत लगाउँदै भ्रष्ट प्रधानन्यायाधीश चाहिँदैन भनेर राजनीतिक दलहरुले समेत बोल्ने समय आएको बताए।



    ‘राजनीतिक दललाई भ्रष्ट प्रधानन्यायाधीश चाहिएको हो कि होइन भनेर बोल्न समय आयो । राजनीतिक दल बोल्नु पर्छ कि पर्दैन’ थापाले भने, ‘हामीले गणतन्त्र यस्तो भ्रष्ट प्रधानन्यायाधीशका लागि ल्याएका होइनौं । सरकारले यो विषयमा बोल्न आवश्यक छ ।’

    यस्तै, अधिवक्ता थापाले न्यायालय शुद्दिकरणका लागि भए पनि प्रधानन्याधीश जबराको बहिर्गमन आवश्यक रहेको बताए ।

    प्रधानन्यायाधीश जबराले कार्यपालिकामा भाग खोजेको, सर्वोच्चमा विकृति भित्र्याएको भन्दै न्यायाधीशहरूसहित गत कार्तिक पहिलो सातदेखि नेपाल बार आन्दोलनमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार