Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानन्यायाधीश राणालाई पदच्युत गर्नैपर्छ, राजीनामाले मात्र हुँदैन: पूर्वअध्यक्ष दाहाल

    प्रधानन्यायाधीश राणालाई पदच्युत गर्नैपर्छ, राजीनामाले मात्र हुँदैन: पूर्वअध्यक्ष दाहाल

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । आन्दोलनरत नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्युत गर्नुपर्ने बताएका छन् ।

    शुक्रबार सर्वोच्च अदालत परिसरमा विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वअध्यक्ष दाहालले यस्तो बताएका हुन्।



    ‘सर्वोच्चमा जेजति वेथितिका कुरा आएका छन्। ती सबै प्रधानन्यायाधीश जबराकै कारणले भएको हो, दाहालले भने, ‘राजीनामा मात्र नभएर उनलाई तत्काल पदच्युत गराउनुपर्छ।’



    यस्तै, बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि प्रधानन्यायाधीश  जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी धर्ना दिने बताएका छन्।

    शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्चमा छिर्न नदिन सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीहरुले धर्ना दिएका थिए । तर प्रधानन्यायाधीश जबरा चोरबाटो हुँदै अदालत प्रवेश गरेका थिए ।

    प्रधानन्यायाधीश जबराले कार्यपालिकामा भाग खोजेको, सर्वोच्चमा विकृति भित्र्याएको भन्दै न्यायाधीशहरूसहित गत कार्तिक पहिलो सातदेखि नेपाल बार आन्दोलनमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार