Online Nepal
  • आइतबार, २० असोज २०८१
  • निमोनियाबाट ग्रसित डिएसपी तिम्सिनाको प्रहरी अस्पतालमा निधन

    निमोनियाबाट ग्रसित डिएसपी तिम्सिनाको प्रहरी अस्पतालमा निधन

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 2.8K
    SHARES

    काठमाडौ । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिम्सिनाको निधन भएको छ । निमोनियाबाट ग्रसित तिम्सिना इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत थिए ।

    दसैंअघि बिरामी भएका डिएसपी तिम्सिनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।



    त्यहाँबाट नोबेल अस्पताल विराटनगर लगिएकोमा उनको अवस्था झन गम्भीर भएपछि हेलिकोप्टरमार्फत प्रहरी अस्पताल महाराजगञ्ज ल्याइएको थियो ।



    नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा उपचारका क्रममा उनको आज विहान निधन भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार