Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • चोलेन्द्रको विरोधमा भएको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

    चोलेन्द्रको विरोधमा भएको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, २६ कार्तिक २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विरुद्धमा भएको नेपाल बार एसोसिएसनको आन्दोलनमा हस्तक्षेप नगर्न प्रहरीलाई निर्देशन दिएका छन्।

    शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वाेच्च प्रवेशमा रोक लगाउने गरी भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्न सक्ने भन्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएको बारले दाबी गरेको छ।



    बार महासचिव लिलामणि पौडेलका अनुसार प्रधानमन्त्री देउवाबाट गृहमन्त्री र प्रहरी महानिरीक्षलाई कानुन व्यवसायीको आन्दोलनमा हस्तक्षेप र बल प्रयोग नगर्न निर्देशन आएको छ। शान्तिपूर्ण आन्दोलन गर्न र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नहुने सरकारबाट प्रतिबद्धता आएको उनले बताए ।



    आज सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भन्दै  बार एसोसिएसनले गरेको प्रदर्शनका बाबजुत प्रधानन्यायाधीश जबरा आफ्नो कार्यकक्षमा  प्रवेश गरेका छन् ।

    स्रोतका अनुसार प्रधानन्यायाधीश जबरालाई प्रवेश रोक्न सर्वोच्चको मुल गेटमा धर्ना दिइरहेका कानुन व्यवसायीलाई झुक्याएर उनी अर्के गेट प्रयोग गरी  कार्यकक्षमा प्रवेश गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार